काँग्रेस घोषणापत्र : सबै सार्वजनिक स्थानमा फ्री वाईफाई, टोल र गाउँमा इन्टरनेटको सुविधा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

काँग्रेस घोषणापत्र : सबै सार्वजनिक स्थानमा फ्री वाईफाई, टोल र गाउँमा इन्टरनेटको सुविधा


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारीले आज (आइतबार) सार्वजनिक गरेको घोषणापत्रमा सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पुर्‍याउने उल्लेख छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा लेखिएको छ, हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्‍याउने, सबै सार्वजनिक स्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।

काँग्रेसले जितेका स्थानीय तहमा ती सेवा पुर्‍याउने उसको घोषणापत्रमा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस