एमालेद्वारा कलैयाको मेयर उम्मेदवारमा चार जनाको नाम सिफारिस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेद्वारा कलैयाको मेयर उम्मेदवारमा चार जनाको नाम सिफारिस


९ बैशाख २०७९, शुक्रबार


कलैया । नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेदवार बनाउन चार जनाको नाम सिफारिस गरेको छ ।

कलैयाको मेयर उम्मेदवारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेदवारमा रौशन प्रविन, समिउल्लाह ठकुराई, सायमा खातुनलाई नगर कमिटीले सिफारिस गरेको थियो ।

ती नाममा जिल्लाले प्रतिमा यादवको नामसमेत थप गरी प्रदेश कमिटीमा सिफारिस गरेको अध्यक्ष साहले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस