अस्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अस्ट्रेलियाका दुई राज्यमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज


८ बैशाख २०७९, बिहिबार


सिड्नी । अस्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउद वेल्स र भिक्टोरिया सहरमा सरकारले क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो ।

योसँगै अब चाँडै अन्य कडा प्रतिबन्धात्मक व्यवस्था पनि हट्ने अपेक्षा गरिएको छ ।

ती राज्यहरुमा यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

यो नियमका कारण धेरै काम तथा व्यापार व्यवसायमा असर परेकाले समस्या भएको आवाज उठेपछि सरकारले हटाउने निर्णय गरेको हो ।

सङ्क्रमित भए पनि कुनै स्वास्थ्यमा समस्या नभएकाहरु पनि सात दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियमले कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापनमा सबैभन्दा ठुलो समस्या भएको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस