युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युक्रेनमा आक्रमण रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिवको आग्रह


७ बैशाख २०७९, बुधबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन बिदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन् ।

उनले क्रिश्चियनको बिदाका समयमा आक्रमणको कार्य नगर्न आग्रह गर्दै सो समयमा मानवीय सहायता वितरणका लागि वातावरण मिलाउन दिन आग्रह गरेका हुन् ।

यही बिहीबारदेखि इस्टर सुरु हुने र आइतबारसम्म रहने भएकाले सो समयमा आक्रमणका काम नगर्न र सबैलाई मानवीय सहायताका लागि बाटो बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले आग्रह गरेका हुन् ।

युक्रेनमा रुसले आक्रमण गरेको महिना दिनभन्दा बढी भए पनि अहिले पनि कतिपय स्थानमा रुसको हमला जारी नै रहेको पाइएको छ ।

त्यसैले यो पर्वका अवसरमा युद्ध विराम गरी अप्ठेरोमा परेका नागरिकलाई सहायता वितरणको काममा लाग्नका लागि वातावरण निर्माण गर्न उनले आग्रह गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस