एमाले विभाजनको क्षतिपूर्ति भइसकेको छ : विष्णु रिजाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले विभाजनको क्षतिपूर्ति भइसकेको छ : विष्णु रिजाल


७ बैशाख २०७९, बुधबार


सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको दाबी गरेका छन् ।

आज (बुधबार) बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए ।

रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाध्यक्ष एमालेमा आएको उदाहरण दिँदै उनले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गरे ।

अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनको भनाइ छ ।

अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस