भरतपुर छाेड्नु पर्छ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भरतपुर छाेड्नु पर्छ : प्रधानमन्त्री देउवा


६ बैशाख २०७९, मंगलबार


चितवन । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।

मङ्गलवार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।

उनले खनाललाई भने, ‘काठमाडौँ, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईँले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो ।’

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरू भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस