प्रचण्ड फर्किए बालुवाटार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड फर्किए बालुवाटार


५ बैशाख २०७९, सोमबार


काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्न सत्ता गठबन्धन दलका नेताहरू निरन्तर छलफलमा छन् ।

सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक दिउँसो केही बेरका लागि स्थगित भएको थियो ।

त्यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा भाग लिन पेरिस डाँडा पुगेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गरेर अध्यक्ष दाहाल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस