सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । मुटुको चाल नियन्त्रणमा आएपछि संस्कृतिविद् सत्यमोहन जोशीलाई आइसियु केयरबाट डिलक्स सुइटमा सारिएको छ ।

ललितपुरस्थित निवासमै रहेको बेला छातीमा असजिलो भएपछि किस्ट अस्पताल पुगेका जोशीलाई गत बिहीबार भर्ना गरिएको थियो ।

अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार हाल जोशीमा पिसाबसम्बन्धी संक्रमण देखिनुको साथै मुटुसमेत सुन्निएको, मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाई ब्रो ब्रोङ्कएक्टेसी समस्या देखिएको छ ।

प्रा।डा। मिलेशजंग सिजापति, प्रा. डा. रामभक्त कोजुको नेतृत्वमा विभिन्न विधाका चिकित्सक संलग्न भई जोशीको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले जोशीको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस