थप १२ जनामा संक्रमण, ३६ जना संक्रमणमुक्त « प्रशासन
Logo ४ असार २०८१, मंगलबार
   

थप १२ जनामा संक्रमण, ३६ जना संक्रमणमुक्त


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस