रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रुसद्वारा युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्ने समय


४ बैशाख २०७९, आइतबार


मस्को । रुसले युक्रेनी सैनिकलाई आफ्नो जीवन रक्षा गर्न आत्मसमर्पण गर्ने समय दिएको छ ।

युक्रेनको तटीय सहर मारिउपोल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दाबी गरेको रुसले त्यहाँ खटिएका युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि समय दिएको हो ।

मस्कोको स्थानीय समयानुसार आइतबार बिहान ६ बजेदेखि आत्मसमर्पणका लागि समय सुरु भएको छ ।

रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिउपोलमा तैनाथ युक्रेनी सैनिकहरूको जीवन रक्षा गर्ने जनाएको छ ।

मारिउपोलको एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा मात्र केही युक्रेनी सैनिक रहेका र त्यहाँ रहेका सबै सैनिकलाई हतियार र गोली गट्ठा बिसाएको खण्डमा सुरक्षा दिइने भनिएको छ ।

यसरी आत्मसमर्पण गर्ने सबैलाई युद्धबन्दीसम्बन्धी जेनेभा महासन्धिअनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस