काँग्रेस बझाङका सभापति र उनका परिवार चढेको जीप दुर्घटना , एक जनाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस बझाङका सभापति र उनका परिवार चढेको जीप दुर्घटना , एक जनाको मृत्यु


४ बैशाख २०७९, आइतबार


बझाङ । बझाङमा नेपाली काँग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको छ ।

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घटनामा परी सुर्माका विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने ३ जना घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । प्रहरीका अनुसार जिप गए राति १२: ४० बजे दुर्घटना भएको हो ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । नेटवर्क समस्याका कारण घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस