सिफारिस गरिएका २० राजदूतउपर उजुरीका लागि ७७ वटै सिडिओ कार्यालयमा सूचना टाँस्न आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिफारिस गरिएका २० राजदूतउपर उजुरीका लागि ७७ वटै सिडिओ कार्यालयमा सूचना टाँस्न आग्रह


४ बैशाख २०७९, आइतबार


काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका २० देशका राजदूतउपर उजुरी गर्ने व्यवस्था सहज बनाइदिन देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

नियुक्तिका लागि सरकारबाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्राचार भएपछि उजुरीका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सूचना टाँस्ने व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ ।

‘राजदूत पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७९ वैशाख १२ गते कार्यालय समयभित्र समितिमा सूचना वा उजुरी दिन सकिने व्यहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ,’ समितिले सूचना प्रकाशित गर्दै भनेको छ, ‘यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन स्पष्ट रूपमा खुलाउनुपर्ने तर नाम गोप्य राखिने व्यहोरा जानकारी गराइन्छ ।’

‘७७ जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले यस सूचनालाई जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गरिदिनुहुन आग्रह छ,’ समितिले भनेको छ, ‘२०७९ वैशाख १२ गते कार्यालय समयभित्र यस सम्बन्धी कुनै सूचना वा उजुरी प्राप्त भएमा समितिमा आइपुग्ने गरी पठाइदिनुहुन समेत अनुरोध छ ।’

सरकारले गत चैत २९ गते २० देशका लागि राजदूत नियुक्तिका लागि समितिमा सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस