‘लाज मानी मानी सरकारमै बस्ने हो ?’ -ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

‘लाज मानी मानी सरकारमै बस्ने हो ?’ -ओली


३ बैशाख २०७९, शनिबार


जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारमा रहेका उपेन्द्र यादवलाई लक्षित गर्दै लाज मानेर भए पनि सरकारमा बसिरहेको आरोप लगाएका छन् ।

सर्लाहीको मलंगवामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको आफू नेतृत्वको सरकारले मधेसी जनताको नागरिकताको समस्या समाधान गर्नका निम्ति अध्यादेश ल्याएर समाधान गर्न खोजिएको बताए ।

‘संसदमा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाट मधेसी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर्न खोजियो’ उनले भने । ‘तर अहिलेको गठबन्धनमा रहेका मधेसी जनताका मसिहा हुँ भन्नेहरू के भन्छन् ?, कहाँ गयो त्यो अध्यादेश ?’ ओलीले भने, ‘सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’

Tags :
प्रतिक्रिया दिनुहोस