कञ्चनपुरमा धामी झाँक्रीको कुटपिटबाट महिलाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कञ्चनपुरमा धामी झाँक्रीको कुटपिटबाट महिलाको मृत्यु


३ बैशाख २०७९, शनिबार


महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित मुसे पानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

शुक्रबार राति झारफुकका क्रममा कुटपिटबाट ४२ वर्षीया साउँदको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिरामी भएकी साउँदको झारफुकका लागि धामी झाँक्री धर्मानन्द भट्ट र नारायणदत्त भट्ट एक महिना देखि साउँदको घरमा आउने गरेका थिए।

प्रहरीले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्र बहादुर शाहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

स्थानीयका अनुसार धामी झाँक्रीले झारफुकका नाममा साउदलाई सरिया तताएर कुटपिट गरेका थियो।

Tags :
प्रतिक्रिया दिनुहोस