गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुन सक्छ : महत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धनकै दलबिच पनि प्रतिस्पर्धा हुन सक्छ : महत


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कुनै स्थानीय तहमा सत्तारुढ दलहरूबिच नै प्रतिस्पर्धा पनि हुन सक्ने बताएका छन् ।

शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भइरहेका बेला पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै स्थानीय तहमा गठबन्धनका एक भन्दा बढी दललाई आफूले जित्छु भन्ने लागेमा मैत्रीपूर्ण प्रतिस्पर्धा पनि हुन सक्ने बताएका हुन् । तर त्यस्तो स्थानीय तहमा नेकपा एमालेसँग गठबन्धन भने कुनै दलले गर्न नपाउने उनको भनाइ छ ।

उनले कुनै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा सहमति जुटेन भने बेलैमा जानकारी गराउन पार्टीको तल्ला समितिलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस