विना निष्कर्ष टुङ्गियो सत्ता गठबन्धनको बैठक « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

विना निष्कर्ष टुङ्गियो सत्ता गठबन्धनको बैठक


३ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ जिल्लाका स्थानीय तहहरूमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरूको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

काँग्रेस, काठमाडौँका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुङ्गिएकाले आइतबार फेरि छलफल गर्ने सहमति भएको छ ।

एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस