निर्वाचनको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ : प्रमुख थपलिया « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

निर्वाचनको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ : प्रमुख थपलिया


३ बैशाख २०७९, शनिबार


जनकपुरधाम । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताएका छन् । यसो गरिए देश दुर्घटनामा जाने उनले चेतावनी दिए ।

आज (शनिबार) जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए ।

निर्वाचनको तयारी भइरहँदा निर्वाचन प्रति संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको बताए ।

कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उनको भनाइ छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने बताउँदै उनले आचारसंहिताको उल्लङ्घन नगर्न आग्रह गरे ।

‘निर्वाचन आचारसंहिताको उलङ्घन गर्नेलाई कारबाही हुन्छ’ प्रमुख आयुक्त थपलियाले भने, ‘केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस