पुनर्स्थापनाको सम्भावना अन्त्य भएपछि राजतन्त्रको एजेन्डा छोडे : अध्यक्ष थापा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पुनर्स्थापनाको सम्भावना अन्त्य भएपछि राजतन्त्रको एजेन्डा छोडे : अध्यक्ष थापा


३ बैशाख २०७९, शनिबार


बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् ।

उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनः स्थापन, संवर्द्धनवाद र लोकतन्त्र भएको बताए ।

पार्टीले आज (शनिबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैँका लागि अन्त्य भएको दाबी गरे ।

अध्यक्ष थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए ।

काँग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुस्मनी नभएको बताएका थापाले त्यो पार्टीको अहिलेको तामझाम धनी बाउले कमाएको सम्पत्तिमा छोराछोरी रमाएको जस्तो मात्रै भएको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस