गृहमन्त्री खाण र प्रवक्ता विश्वकर्माबिच भेट « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

गृहमन्त्री खाण र प्रवक्ता विश्वकर्माबिच भेट


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा आज भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिए ।

भेटमा प्रवक्ता विश्वकर्माले निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका आफ्नो पार्टीका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका थिए ।

गृहमन्त्री खाणले कानुनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन सरकार सकारात्मक रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस