५ सयले बढ्यो सुनको मूल्य « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

५ सयले बढ्यो सुनको मूल्य


२ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस