भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु


२ बैशाख २०७९, शुक्रबार


हनोइ । भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो ।

पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अस्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ ।

बिहीबार झन्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झन्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ ।

‘कोरोना भाइरसको उच्च जोखिम भएको बर्गलाई उच्च प्राथमिकता दिएर खोप लगाउने रणनीति अनुसार बालबालिकाको पालो अहिले मात्रै आएको हो,’ एक अधिकारीले भने ।

यसअघि बिरामी, अशक्त र ज्येष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस