बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् ।

दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबै जनालाई वीरगन्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा सवारी दुर्घटना भएको थियो । सिमराबाट हेटौँडा जाँदै गरेको स्कार्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस