न्युयोर्कको सबवे स्टेसनका आक्रमणकारी २९ घण्टापछि पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्युयोर्कको सबवे स्टेसनका आक्रमणकारी २९ घण्टापछि पक्राउ


१ बैशाख २०७९, बिहिबार


काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेसनमा आक्रमण गरी भागेका व्यक्ति २९ घण्टापछि पक्राउ परेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एक मात्र आरोपी ६२ वर्षीय फ्रान्क आर जेम्स पक्राउ परेका हुन् ।

उनी आक्रमण भएको स्थानबाट पाँच माइल टाढा रहेको सूचना सुरक्षाकर्मीले पाएका थिए। उनका बारे सूचना दिनेलाई विभिन्न निकायले ५० हजार डलर इनाम दिने घोषणा गरेका थिए ।

जेम्सलाई पक्राउ गरेपछि न्युयोर्कका मेयरले भने- न्युयोर्कवासीहरू हो, हामीले उसलाई पक्रियौँ ।

स्थानीय समयअनुसार मंगलबार बिहान साढे बजेतिर सबवे स्टेसनमा मानिसहरूको भीडमा आक्रमणकारीले ग्रिनेड हानेका थिए भने अन्धाधुन्ध गोली पनि चलाएका थिए ।

आक्रमणमा कम्तीमा दुई दर्जन मानिस घाइते भएका छन् भने तीमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

जेम्सविरुद्ध आतङ्कवादी हमला गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दामा उनी दोषी ठहर भए आजीवन कारावासको सजाय हुन सक्छ। उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस