जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री खाँणबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री खाँणबीच भेटवार्ता


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । जनमत पार्टीका महासचिव चन्दन सिंह र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ।

आज (बुधबार) गृह मन्त्रालयमा भएको भेटमा सरकारसँग जनमत पार्टीले गरेका सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो।

०७५ फागुन २४ मा मा नेपाल सरकार र तत्कालीन सिके राउत नेतृत्वमा रहेको समूहबीच ११ बुँदे सहमति भएको थियो ।

भेटवार्तामा गृहमन्त्री खाँणले जनमत पार्टीले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाएकोमा खुसी व्यक्त गरेका थिए ।

निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय सही भएको गृहमन्त्री खाँणको भनाइ थियो ।

सरकारसँग भएका सहमति कार्यान्वयन गर्न फेरि बैठक बस्ने र निष्कर्षमा पुग्ने सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सहमति कार्यान्वयन गर्न सरकार सकारात्मक रहेको गृहमन्त्री खाँणले बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस