यातायात व्यवसायी महासङ्घको अध्यक्षमा स्वाँर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात व्यवसायी महासङ्घको अध्यक्षमा स्वाँर


३० चैत्र २०७८, बुधबार


काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन् ।

महासङ्घको हिजो (मंगलबार) भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो ।

उनी लामो समयदेखि महासङ्घमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । तीन कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासङ्घले जनाएको छ ।

स्वाँर नेपाली काँग्रेसका नेतासमेत हुन् । कैलाली क्षेत्र नम्बर २ बाट उनी काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस