प्रधानसेनापति शर्मासँग र भारतीय सेनाका रथी नायरबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति शर्मासँग र भारतीय सेनाका रथी नायरबीच भेटवार्ता


२९ चैत्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका रथी प्रदीप चन्द्रन नायरबीच आज (मंगलबार) भेटवार्ता भएको छ ।

उनीहरुको नेपाली सेनाको सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको सेनाले जनाएको छ ।

‘प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो,’ नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ ।

सेनाले यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास दिएको जनाएको छ । रथी नायर भारतीय सेनाको असम राइफल्सका महानिर्देशक हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस