प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी


२८ चैत्र २०७८, सोमबार


लमजुङ । लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् ।

तीमध्ये उक्त सङ्ख्याले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ती रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटर बाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

प्रतिव्यक्ति ५७७ का दरले दैनिक पारिश्रमिक पाइने उक्त पालिकाका रोजगार उनको भनाइ छ । यस कार्यक्रमका लागि कूल बजेट दुई करोड ८० लाख २० हजार रहेको पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरूलाई थप सहज भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस