बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । वाणिज्य बैङ्कहरूले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने भएका छन् ।

नेपाल बैंकर्स सङ्घको आज (आइतबार) बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो ।

नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि सङ्घले गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको आयातमा नगद मार्सिनको व्यवस्था गरेको छ ।

हाल बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा ११।०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

यस्तै रेमिटयान्स खातामा १२.०३ र बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस