सरकारले एमसीसी पास गर्दा अनौठो तमासा देखायो : नेकपा एमाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले एमसीसी पास गर्दा अनौठो तमासा देखायो : नेकपा एमाले


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । प्रतिपक्षी दल नेकपा (एमाले) ले अमेरिकी सहयोग निकाय एमसीसीको अनुदान रकम स्वीकार गर्ने प्रस्ताव संसदबाट पास गर्दा सत्ता गठबन्धनका नेताहरुले तमासा देखाएको आरोप लगाएको छ ।

अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले) का तीन जना पूर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै आज (आइतबार) एमसीसीमा सरकारले तमासा देखाएको बताएका हुन् ।

सरकारको ध्यान आर्थिक समस्याभन्दा आफ्नै स्वार्थसिद्धितिर केन्द्रित भएको छ । संसदबाट एमसीसी अनुमोदन गराउँदा गठबन्धनले अनौठो तमासा देखाएको छ,’ उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘लामो समयसम्म सरकारमा सहभागी दलहरु आफैँ एमसीसीको बखेडा झिकेर अनावश्यक विवादमा फस्न जाँदा जनताका जल्दाबल्दा समस्यातर्फ सरकारको कुनै ध्यान पुग्न सकेन’

१२ बुँदे व्याख्यात्मक घोषणापछि सरकारले एमसीसी संसदबाट अनुमोदन गरेको थियो । एमसीसी पास गर्दा एमालेका सांसदहरूले आफ्ना माग सम्बोधन नगरीकन एमसीसी पास गर्ने वा फेल गर्ने प्रक्रियामा प्रवेश नगर्ने भन्दै अडान राखेका थिए । एमालेका सांसद भीम रावलले भने एमसीसीको विपक्षमा मतदान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस