तोलाको एक लाख नाघ्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

तोलाको एक लाख नाघ्यो सुन


२७ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ ।

साताको पहिलो कारोबार दिन आज (आइतबार) तोलामा ८ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख ३०० र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस