बाघले बेपत्ता बनाएको वृद्धको शव भेटियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाघले बेपत्ता बनाएको वृद्धको शव भेटियो


२६ चैत्र २०७८, शनिबार


चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

उनको शव जितपुरघाटमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो ।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो ।

सम्बन्धित समाचार : वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

Tags :
प्रतिक्रिया दिनुहोस