ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्याक्सी भाडा बढ्यो , वैशाख १ देखि लागू हुने (सूचीसहित)


२६ चैत्र २०७८, शनिबार


काठमाडौँ । बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट भाडा बढाइएको मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रुपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ ।

नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ ।

साथै पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधनको भाडा समायोजन हुने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस