यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित) « प्रशासन
Logo १६ जेष्ठ २०८१, बुधबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । सरकारले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णये निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।

सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियमित पत्रकारसम्मेलनमार्फ जानकारी गराएका हुन् ।

बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको छ ।

श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतकोसमेत कामकाज गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मालाई तोक्ने निर्णय भएको छ ।

राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एमव अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राज भण्डारीलाई तोक्ने निर्णय भएको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश डा. रबी शर्मा अर्याललाई तोक्ने निर्णय भएको छ ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतकोसमेत कामकाज गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको छ ।

सैनिक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस