संविधानले अगाडि सारेका ऐन, कानुनकाे जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्छु : कानुन मन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

संविधानले अगाडि सारेका ऐन, कानुनकाे जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्छु : कानुन मन्त्री


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । गोविन्दप्रसाद शर्मा कोइरालाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

बिहीबार (आज) राष्ट्रपति विद्या भण्डारीबाट शपथ ग्रहण गरे लगत्तै मन्त्री कोइरालाले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयको पदभार ग्रहण गर्दै उनले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए ।

नवनियुक्त मन्त्री कोइरालाले अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी रहेको र त्यसलाई टुङ्ग्याउने जिम्मेवारी आफूले पाएको बताए ।

उनले भने, ‘हिजो म फरक भूमिकामा थिएँ । आज राज्यको तर्फबाट ती कामहरू पूरा गर्ने जिम्मेवारीमा पुगेको छु । मन्त्रालयले गर्न सक्ने कुरा हामी गर्दछौँ । अन्तरिम संविधानपछिको जुन नयाँ संविधान बनायौँ । त्यो संविधान बनाउँदा के प्रतिज्ञाहरू भएको थियो, अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी थिए । त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस