निर्वाचनमा काँग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ : प्रवक्ता डा. महत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्वाचनमा काँग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ : प्रवक्ता डा. महत


२४ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । काँग्रेसले निर्वाचनका लागि विभिन्न समिति बनाएर आफ्नो काम थालिसकेको प्रवक्ता डा. महतले बताए ।

काँग्रेस काठमाडौँ–४ का सभापति रामप्रसाद न्यौपानेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका कार्यकर्तालाई भेटघाटमा सहज र प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरेको बताए ।

काँग्रेसले सुरु गरेको ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानलाई काँग्रेस काठमाडौँ–४ ले पनि सञ्चालन गर्दै आएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस