थप १३ जनामा संक्रमण, ५७ जना संक्रमणमुक्त « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

थप १३ जनामा संक्रमण, ५७ जना संक्रमणमुक्त


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस