मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीले नेतृत्व लिनुपर्छ : अध्यक्ष ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुलुकको विकास र समृद्धिका लागि उद्योगी व्यवसायीले नेतृत्व लिनुपर्छ : अध्यक्ष ओली


२३ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन सक्दैन भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए । ‘हामीले कच्चापदार्थ होइन, रूपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ’, उनले भने , ‘कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकाङ्क्षा अनुरूप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए । उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उनले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रूपमा हुनुपर्ने बताए । उनले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस