गाउँपालिका अध्यक्षमाथि आक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिका अध्यक्षमाथि आक्रमण


२३ चैत्र २०७८, बुधबार


धादिङ । खनियाबास गाउँपालिका–३ बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको छ ।

नेपाली काँग्रेस वडाध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा काँग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको हो ।

काँग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाए ।

पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषयमा विवाद भएको बताइएको छ । घाइते तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौकीले पक्राउ गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस