निर्वाचन आयोग बैठक : छलफल नै नगरी प्रतिबद्धता मात्रै खोजेपछि प्रतिनिधिले जनाए आपत्ति « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोग बैठक : छलफल नै नगरी प्रतिबद्धता मात्रै खोजेपछि प्रतिनिधिले जनाए आपत्ति


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता र ऐन नियम कार्यान्वयनबारे प्रतिबद्धता लिन आयोजना गरेको बैठकमा राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

आज (मंगलबार) आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो ।

आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।

छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् ।

सत्तारुढ गठबन्धन र ठुला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस