सुनको मूल्य बढ्यो,चाँदी घट्यो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो,चाँदी घट्यो


२२ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुन तोलामा १ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ८०० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ तोकिएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने हिजो (सोमबार)को तुलनामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोलाको १३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ।

सोमबार चाँदी प्रतितोलाको १३५० रुपैयाँमा कायम गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस