डिआइजीहरूको रिट आज पनि रेग्मीकै इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डिआइजीहरूको रिट आज पनि रेग्मीकै इजलासमा


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरूले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो ।

डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता मिचेर एआईजीमा बढुवा गरेको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन् ।

उनीहरूले सर्वोच्च जानुअघि बढुवाविरुद्धको सुनुवाइ समितिमा उजुरी दिएका थिए । समितिले कैफियत नदेखिएको ठहर गरेपछि बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले वसन्त पन्त, धिरज प्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस