एक भारतीय सहित ६ ठेकेदार कम्पनी कालोसूचीमा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एक भारतीय सहित ६ ठेकेदार कम्पनी कालोसूचीमा


२१ चैत्र २०७८, सोमबार


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित ६ निमार्ण व्यवसायी तथा आपुर्तिकतालाई कालोसूचीमा राखेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै टीबीइए इनर्जी(भारत) प्राइभेट लिमिटेडलाई तीन वर्ष र चिराग कन्स्ट्रक्सन गोरखा, कर्णाली विल्डर्स, जनकपुरधाम, फैजल एन्ड अफजल कन्स्ट्रक्सन रौतहट, कशुलदेव निर्माण सेवा, रसुवा र तितुङ कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो ।

कालो सूचीमा राखिएका कम्पनीहरूले सोमबार(आज) देखि नै कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस