बस दुर्घटनामा दुई गम्भिर घाइते, एक बेपत्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बस दुर्घटनामा दुई गम्भिर घाइते, एक बेपत्ता


२० चैत्र २०७८, आइतबार


कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको लाफामा बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीका अनुसार गम्भीर घाइते हुनेमा बस चालक दैलेख आठविसकोट नगरपालिका वडा नम्बर २ का कृष्ण बहादुर शाही र पचाल झरना गाउँपालिका वडा नम्बर ८ कि सलानी सार्की रहेका छन् । चालक शाहीको ढाड, टाउको र हातखुट्टामा गहिरो चोट लागेको र उनी बोल्ने नसक्ने अवस्थामा रहेको र सह-चालक कालिकोट रास्कोट नगरपालिका वडा नम्बर १ का १९ बर्षिया जीवन बहादुर शाही नदीमा बेपत्ता भएको शाहीले जानकारी दिए ।

नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ख ०१६२ नम्बरको बस आइतबार दिउँसो १ः४५ सडकदेखि अन्दाजी १०–१५ मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस