फाइनल खेल दबाबबिना खेल्छौँ : सन्दीप लामिछाने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

फाइनल खेल दबाबबिना खेल्छौँ : सन्दीप लामिछाने


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबाबबिना खेल्ने बताएका छन् ।

सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरू खेलमा जस्तै खेल्ने बताएका छन् ।

उनले भने, ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौँ, कुनै प्रेसर लिँदैनौँ, हामी हाम्रो योजना अनुसार खेल्नेछौँ ।’

उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु नशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । उनले भने ‘युवा खेलाडीको खेल देखेर खुसी छु । नेपालको अहिले वेस्ट टिम छ ।’

पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाब महसुस भएको बताए । उनले भने,‘हामी लामो समयदेखि टी–२० फर्म्याट खेलेका थिएनौँ । त्यही भएर गाह्रो भएको छ ।’

पीएनजीका प्रशिक्षकले नेपालसँगको एक दिवसीय खेल जिते पनि टी–२० मा पराजित भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस