आयल निगमका कार्यकारी निर्देशक काँग्रेस प्रचारप्रसार समितिको सदस्यमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आयल निगमका कार्यकारी निर्देशक काँग्रेस प्रचारप्रसार समितिको सदस्यमा


२० चैत्र २०७८, आइतबार


काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी काँग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा मनोनीत भएका छन् ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् ।

गत १५ चैतमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ गठन र मनोनयनको निर्णय गरेका थिए । काँग्रेस केन्द्रीय कार्यालयले यसबारेको सूचना १८ चैतमा सार्वजनिक गरेको थियो ।

थानीको नाम सो समितिको पदेन सदस्यको रूपमा रहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले बताए । ‘यहाँ थानीको नाम देखियो, संस्थाको नाम मात्रै हुनुपर्थ्यो,’ रिजालले भने, ‘उहाँ निर्वाचन प्रचार प्रसारमा बस्न मिल्दैन ।’

काँग्रेसले थानीलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रूपमा राखेको तर उनी संस्थानको प्रमुख भएकाले यसलाई सच्याउने रिजालले बताए ।

प्रचार प्रसार समितिको ६१ औँ नम्बरमा पदेन सदस्यको रूपमा थानको नाम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस