प्रधानमन्त्री देउवा र मोदीबिच नयाँ दिल्लीमा भेटवार्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री देउवा र मोदीबिच नयाँ दिल्लीमा भेटवार्ता


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता सुरु भएको छ ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ता सुरु भएको हो ।

द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले जनकपुर-जयनगर रेल सुरुआत गर्ने कार्यक्रम छ भने नेपालमा भूकम्पपछि भारतीय सहयोगबाट निर्माण भएका १३० भन्दा बढी स्वास्थ्य चौकीको संयुक्त उद्घाटन हुनेछ ।

यी सबै कार्यक्रम सकिएपछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस