पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

पसलमा आगलागी हुँदा एक करोड पच्चिस लाखको क्षति


१८ चैत्र २०७८, शुक्रबार


सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–४ मा रहेको याल्वाङमा आगलागी हुँदा पसल जलेर नष्ट भएको छ ।

वडा ४ को छिरिङ पाल्जोर तामाङको पसल र होटेल रहेको एक तलाको दुई कोठे घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।

काठको टहराले बनेको पसलसहित दुई कोठा जलेर नष्ट हुँदा रु एक करोड पच्चिस लाख बराबरको क्षति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिए ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएका थिए ।

पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य लगायत वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक ओझाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस