प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ उचाइमा पुग्छ : प्रवक्ता कार्की « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको भ्रमणले नेपाल भारत सम्बन्ध अझ उचाइमा पुग्छ : प्रवक्ता कार्की


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने दाबी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबिचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर मुलुकको हित गर्ने बताए ।

‘मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्‍याएर मुलुकको हितमा यो भ्रमण केन्द्रित रहने कुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहन्छु’, उनले भने ।

तीन दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस