करणको ह्याट्रिकमा नेपालको तेस्रो जित « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

करणको ह्याट्रिकमा नेपालको तेस्रो जित


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । क्रिकेटर करण केसीको ह्याट्रिकमा त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)सँग खेलिरहेको नेपालले लगातार तेस्रो जित हात पारेको छ । नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो।

पपुवा न्युगिनी (पीएनजी’सँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन जोडेको थियो।

नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा समेटिएको हो।

पीएनजीलाई १६६ रनमा रोक्नका लागि नेपालका करणले ३.४ ओभर बलिङ् गर्दै ५ विकेट लिए। त्यस्तै अविनाश बोहरा र सोमपाल कामीले समान २/२ विकेट लिए।

त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६० र मोहम्मद अदिल अलामले २० रन जोडे । यस्तै ‌कुशल भुर्तेल १७ रन, रोहित पौडेल ४१ रन र ‌आशिफ शेख ३८ रन जोडे ।

Tags :
प्रतिक्रिया दिनुहोस