यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ


१७ चैत्र २०७८, बिहिबार


ललितपुर । ललितपुर यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।

यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिएकोमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पुर्याएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस